प्रमुख दलका प्रमुख सचेतकहरूसँग सभामुख घिमिरेको छलफल जारी

काठमाडौं । जेठ २१, प्रमुख दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेको छलफल जारी छ । संसद भवन नयाँ वानेश्वरमा छलफल चलिरहेको छ ।
जहाँ सभामुखले सदनमा जारी अवरोध खुलाउन दलहरूलाई आग्रह गरेका छन् । तर, विपक्षी दलहरूले भिजिट भिसाका सम्बन्धमा उठेको प्रश्न निरुपण हुनुपर्ने बताइरहेका छन् ।
यस निम्ति छानबिन समिति वा आयोग बन्नुपर्ने उनीहरूको माग छ । सत्तापक्षले गृहमन्त्री रमेश लेखकले जवाफ दिएपछि मात्रै अन्य विषयमा छलफल हुने अडान लिएको छ ।
यही विषयमा प्रमुख दलका प्रमुख सचेतकहरूसँग सभामुख घिमिरेले छलफल गरिरहेका छन् ।