नगर प्रहरी उपरीक्षक जोशीले राखे सिनियर अफिसरहरूको बैठक

काठमाडौं । जेठ २१, काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका निमित्त प्रमुखको जिम्मेवारी पाएपछि नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले सिनियर अफिसरहरूको बैठक राखेका छन् ।
महानगर प्रहरी बलको कार्यालय बागदरबारमा सिनियर अधिकृतहरूको बैठक बसेको हो ।
‘शहरी सुव्यवस्थापन कायम गर्नका लागि गर्ने कार्यहरू महानगर प्रहरी ऐन २०८० को दफा ५ र परिच्छेद ३ को दफा ७ मा महानगर प्रहरी बलको काम कर्तव्य अधिकार अनुसार गर्ने प्रतिबद्वता सहितको निर्णय गरिएको हो,’ जोशीको नेतृत्वमा बसेको बैठकमा निर्णयमा उल्लेख छ ।
नगर प्रहरी प्रमुख (एसएसपी) राजुनाथ पाण्डे निलम्बित भएपछि जोशीले हिजो मात्रै प्रमुखको जिम्मेवारी पाएका हुन् ।