अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्किंदै

काठमाडौं । जेठ २२, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्किंदैछन् ।
काठमाडौं फर्कने क्रममा नेपाल सिमरा विमानस्थलबाट बुद्ध एयरको विमान चढेका छन् । पार्टी कामको लागि रौतहट पुगेका बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
त्यसलगत्तै उनी कार्यक्रम छोट्याएर काठमाडौं फर्किन लागेका हुन् ।