सरकारसँग ६ बुँदे सहमति, सुनचाँदी व्यवसायीको आन्दोलन फिर्ता

सहयात्रा टिभी

काठमाडौं । असार २७, सरकारसँग ६ बुँदे सहमति जुटेपछि सुनचाँदी व्यवसायीले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। सहमतिसँगै बन्द रहेका सुनचाँदी पसल आजदेखि खुल्ने भएका छन्।

अर्थ मन्त्रालयमा गएराति भएको वार्तापछि सुनका गरगहनामा लगाइएको विलासिता करको परिभाषाबारे अध्ययन गरी पुनरावलोकन गर्न सरकार सहमत भएको हो। यसका लागि अर्थ मन्त्रालयका राजस्व व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा एक उच्चस्तरीय कार्यदल गठन गरिनेछ।

उक्त कार्यदलमा सरकारी निकायका प्रतिनिधि र व्यवसायी महासंघका पदाधिकारी रहनेछन्। कार्यदलले सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्ने नीतिगत व्यवस्थाका साथै छिमेकी देशहरूसँग राजस्व दरमा सामञ्जस्यता कायम गर्ने विषयमा सरकारलाई सिफारिस गर्नेछ। सरकारले बजेटमार्फत सुन र हिरामा विलासिता कर लगाएपछि व्यवसायीहरू पसल बन्द गरेरै आन्दोलनमा उत्रिएका थिए।

हेर्नुहोस् ६ बुँदे सहमति

प्रकाशित : 11 July, 2025

प्रतिक्रिया दिनुहोस्