काठमाडौं महानगरले आज २५ अर्बको बजेट ल्याउँदै

सहयात्रा टिभी

काठमाडौं । असार २९, लामो समयको आन्तरिक विवाद र रस्साकस्सीपछि काठमाडौं महानगरपालिकाले अन्ततः आज आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दैछ।

मेयर बालेन्द्र शाह (बालेन)ले दिउँसो २ बजेका लागि नगरसभा बैठक आह्वान गरेका छन्, जहाँ उनले बजेट प्रस्तुत गर्नेछन्। बजेटलाई अन्तिम रूप दिन त्यसअघि बिहान कार्यपालिका बैठक बस्ने तयारी छ।

महानगरको राजस्व परामर्श समितिले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड रुपैयाँको बजेट सीमा निर्धारण गरिसकेको छ। आज प्रस्तुत हुने बजेट यही सीमाभित्र रहने अनुमान छ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार असार १० गतेभित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भए पनि महानगरभित्रको राजनीतिक र प्रशासनिक तहमा देखिएको आन्तरिक द्वन्द्वका कारण तोकिएको समयमा बजेट आउन सकेको थिएन।

गत शुक्रबार बसेको ४०औं कार्यपालिका बैठकमा मेयर शाहले आजका लागि बजेट प्रस्ताव गरेपछि सहमतिको वातावरण बनेको हो।

प्रकाशित : 13 July, 2025

प्रतिक्रिया दिनुहोस्