आज नेप्सेमा उल्लेखिय बृद्धि

सहयात्रा टिभी

काठमाडौं । साउन १९, अघिल्ला तीन कारोबार दिन लगातार घटेको सेयर बजार आज उल्लेखिय बृद्धि भएको छ ।

अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक ८।६२ अंक बढेको छ । सो बृद्धिपछि नेप्से २८६७ अंकमा कायम भएको छ ।

आजको कारोबारका क्रममा बजार केही उतारचढावमा रह्यो । दिउँसो १: १२ बजे न्यूनतम २८३३ अंकसम्म बजार झर्‍यो भने २: ३४ बजे अधिकतम २८८९ अंकसम्म पुग्यो ।

तीन दिनपछि बढेको बजारमा कारोबार रकम घटेको छ । अघिल्लो दिन १३ अर्ब ७ करोडको कारोबार भएकोमा आज १० अर्ब ८२ करोडको भयो । १४० कम्पनीको मूल्य बढ्दा ११० को घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, ङादी ग्रुप पावर र नेपाल पुनर्बीमा क्रमशः अगाडि रहे ।

प्रकाशित : 4 August, 2025

प्रतिक्रिया दिनुहोस्