सागर डिष्टिलरीले भदौ २५ गते आईपीओ निष्काशन गर्ने

सहयात्रा टिभी

काठमाडौं । भदौ १७, सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) भदौ २५ गते निष्काशन गर्ने भएको छ । नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेको आइपीओ कम्पनीले बाँडफाँड गरिसकेको छ ।

कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गर्ने छ । आइपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।

प्रकाशित : 2 September, 2025

प्रतिक्रिया दिनुहोस्