जेनजीसँग राजेशपायलकाे माग: मलाई सञ्चार र विदेश मन्त्रालय सम्हाल्न दिनुस
सहयात्रा टिभी
काठमाडौं । भदौ २७ , गायक राजेश पायल राईले जेनजी पुस्तालाई आफूलाई सञ्चार र विदेश मन्त्रालय दिन आग्रह गरेका छन् । अन्तरिम सरकारको चर्चा चलिरहेको बेला उनले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री नमागेको स्पष्ट पारेका छन् । तर, सञ्चार र पर्यटन सम्हाल्न सक्ने दाबी गरेका छन् ।

आफूलाई पर्यटन र सङ्गीतको विकास बारे राम्रो जानकारी गरेको समेत गायकराईको दाबी छ । आँट गर्दा सबै सम्भव रहेको उनको भनाइ छ । सबैभन्दा धेरै विदेश पनि आफू गएको उनले दाबी गरेका छन् ।


