जेनजि आन्दोलनपछि खुलेको सेयर बजारमा लाग्यो नेगेटिभ सर्किट ब्रेक

काठमाडौं । असोज २, भदौ २३ र २४ गते जेनजि आन्दोलनको विध्वंसात्मक प्रदर्शनपछि खुलेको सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको छ ।
कारोबार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि सर्किट ब्रेक लागेको हो । अब १५ मिनेटपछि कारोबार पुन खुल्नेछ ।