प्रि ओपन सेसनमा ७ अंकले बढ्यो

काठमाडौं । असोज ७, साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ७ अंकले बढेर कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ७.५३ अंकले बढेर २६३१.१५ विन्दुमा पुगेको हो ।
त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि १.५३ अंकले बढेर ४५६.८१ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा ३१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको सेयर मूल्य घटेको छ । आजको प्रि ओपन सेसनमा ४७ कम्पनीका ७ हजार ३९६ कित्ता सेयर ७८ पटक खरिद बिक्री हुँदा ३३ लाख १३ हजार ४२६ रुपैयाँ बराबरको कारोबार भएको छ ।