दुर्गेशको अमेरिकाको सांगीतिक यात्रा : आधा दर्जन शहरमा सफलतापछि डालसमा गुञ्जिने

सहयात्रा टिभी

काठमाडौं । कात्तिक १८, आफ्नो चर्चित गीत ‘दुश्मन हेरेको हेर्‍यै’ को नाममा सांगीतिक टूरका लागि अमेरिकामा रहेका गायक दुर्गेश थापा अब टेक्सासको डालस शहरमा गुञ्जिने भएका छन्। अमेरिकी समयानुसार यही नोभेम्बर १५ शनिबारका दिन उनले डालसमा आफ्नो प्रस्तुति दिन लागेका हुन्।

डालसस्थित स्थानीय सफायर इभेन्ट हलमा आयोजना हुने यस कार्यक्रममा दुर्गेशलाई अन्य चर्चित कलाकारहरुले पनि साथ दिनेछन्। कार्यक्रममा गायक राजेशपायल राई, किरण गजमेर, इन्द्र शाह, छविराज सुनार र डीजे राईको पनि दमदार प्रस्तुति रहनेछ।

डालसको कार्यक्रम अघि दुर्गेशले अमेरिकाका आधा दर्जन शहरहरुमा आफ्नो प्रस्तुति दिइसकेका छन्। उनले अस्टिन, न्यूयोर्क सिटी, ह्यारिसबर्ग, पिट्सबर्ग, भर्जिनियाको मनसास र बाल्टिमोरमा आयोजित कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरिसकेका छन्। अनलाइनखबरसँग कुरा गर्दै उनले भने, “अहिलेसम्मका सबै कार्यक्रम भव्यरुपमा सफल भएका छन्।”

डालसपछि उनको सांगीतिक यात्रा लस एन्जलस, ओहायो, कोलोराडो र सन-फ्रान्सिस्को जस्ता शहरहरुमा पुग्ने कार्यक्रम तय भएको छ। युट्युब र स्पोटीफाईको ग्लोबल ट्रेन्डिङमा समेत पर्न सफल गीत ‘दुश्मन हेरेको हेर्‍यै’ को अपार सफलतापछि सोही नाममा उनको अमेरिकी टूर आयोजना गरिएको हो।

प्रकाशित : 4 November, 2025

प्रतिक्रिया दिनुहोस्