सहकारी हिनामिना लुकाउन मन्त्रालयसम्मका कर्मचारीलाई नै घुस दिए

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २४ , राज्यले सहकारी क्षेत्रलाई तिन खम्बे अर्थनीतिमा समावेश गरेर धमाधम खोल्न अनुमति दिने तर नियमन तथा सुपरिवेक्षण गर्न नसक्दा लाखौं नागरिकको बचतमा स्वार्थ समूहले रजाइँ गरेको पाइएको छ ।

पोखरा बचत तथा ऋण सहकारी संस्थाको ८८ करोड ७० लाख रुपैयाँ हिनामिना लुकाउन सहकारी रजिस्ट्रारदेखि मन्त्रालयसम्मका कर्मचारीलाई नै घुस दिएको पाइएको हो ।

पोखरा बचत तथा ऋण सहकारी संस्थाको ८८ करोड ७० लाख रुपैयाँ हिनामिनामा सहकारी रजिस्ट्रारको कार्यालयदेखि भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभागका कर्मचारीसम्मलाई घुस दिइएको वित्तीय प्रतिवेदनले देखाएको छ ।

पोखरा सहकारीका अध्यक्ष सुरेन्द्रबहादुर गोदार, प्रवन्धक भीष्मप्रताप गुरुङ, कोषाध्यक्ष हिरामणि दाहाललगायतले वित्तीय विश्लेषणका क्रममा लिइएको बयानमै यो तथ्य खुलाएका हुन् ।

नयाँबजारमा रहेको पोखरा सहकारीको ८८ करोड ७० लाख रुपैयाँ हिनामिनामा अध्यक्ष गोदार, उपाध्यक्ष, शम्भुराज बास्तोला, प्रवन्धक भीष्मप्रताप गुरुङ, सचिव दिलबहादुर केसी खत्री, ऋण संयोजकसमेत रहेका कोषाध्यक्ष हिरामणि दाहाल, सञ्चालक समितिका पूर्वसचिव ईन्द्रप्रसाद द्वा र सञ्चालक समिति सदस्य दोर्जे तामाङ, बजार प्रमुख वेदीप्रसाद सुवेदी पक्राउ परेका छन् ।

सहकारीमा ठूलो रकम हिनामिना भएको बचतकर्ताको उजुरीपछि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीले वित्तीय विश्लेषक निर्मल गौतममार्फत् अध्ययन गराएको थियो ।

 

प्रकाशित : 10 November, 2025

प्रतिक्रिया दिनुहोस्