प्रि ओपन सेसन : करिब २ अंकले बढ्यो नेप्से
सहयात्रा टिभी
काठमाडौं । कात्तिक २५ , साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब २ अंकले बढेको छ । सेसन अवधिमा नेप्से १.९२ अंकले बढेर २५६३.८७ को विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.५५ अंकले बढेको छ ।

सेसनमा ४४ कम्पनीको कारोबार हुँदा १८ वटाको मूल्य बढेको छ भने २२ वटाको मूल्य घटेको छ । यस्तै, ४ वटा कम्पनीको मूल्य स्थिर रहेको छ । मंगलबारको प्रि ओपन सेसनमा ८ हजार ८७९ कित्ता शेयर खरिदबिक्री हुँदा ६१ लाख ४७ हजार ५६२ रुपैयाँ २० पैसाको कारोबार भएको छ ।


