तोलामा २ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । कात्तिक २६ , स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला २ हजार १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।


हिजो मंगलबार सुन प्रतितोला दुई लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यसतै आज चाँदी प्रतितोला तीन हजार १७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित : 12 November, 2025

प्रतिक्रिया दिनुहोस्