एकैदिन तोलामा ६ हजार ९ सय रुपैयाँ घट्यो सुन
सहयात्रा टिभी
काठमाडौं । कात्तिक ३० , स्थानीय बजारमा आइतबार सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा ६ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार भने एक तोला सुनको कारोबार २ लाख ४९ हजार ७ सयमा भएको थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी १५० रुपैयाँले घटेको छ । यससँगै चाँदीको कारोबार प्रतितोला ३ हजार १३५ रुपैयाँमा भइरहेको छ ।


