मन्त्रिपरिषद्का आठ जना सदस्यले सम्पत्ति विवरण बुझाए

सहयात्रा टिभी

काठमाडौं । कात्तिक ३० , प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रिपरिषद्का आठ जना सदस्यले सम्पत्ति विवरण बुझाएका छन् । तर, सार्वजनिक गरेका छैनन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री सुधा गौतमको सम्पति विवरण प्राप्त हुन बाँकी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदेको कार्यालयले जनाएको छ ।

खरेल ६ असोज २०८२ मा मन्त्री भएका हुन् । उनी मन्त्री भएको ५६ दिन (असोजमा २६ दिन र कात्तिकको ३० दिन) भयो । सुधा शर्मा ९ कात्तिकमा मन्त्री बनेकी हुन् ।

सम्पति विवरण बुझाए पनि प्रधानमन्त्री र मन्त्रीहरूको विवरण सार्वजनिक भएको छैन । नेपालमा २०४८ पछि मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुन थालेको हो ।

त्यसयता नेपालमा प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्ने चलन छ । त्यसपछि २०५१ को चुनावपछिको सरकारमा रहेका मन्त्रीहरूले समेत सम्पत्ति विवरण सार्वजनिक गरे । त्यसबेला सरकारी सञ्चारमाध्यमबाट सम्पत्ति विवरण सार्वजनिक गरिएको थियो ।

यस्तो सरकारका प्रधानमन्त्री र अधिकांश मन्त्रीहरूले समेत सम्पत्ति विवरण सार्वजनिक नगर्दा आलोचना हुन थालेको छ। सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्ने कानुनी बाध्यता नभए पनि नैतिक विषय भएकाले आलोचना भइरहेको हो।

प्रकाशित : 16 November, 2025

प्रतिक्रिया दिनुहोस्