फिल्म ‘लोकन्ती’ मंसिर २६ देखि प्रदर्शनमा आउने
सहयात्रा टिभी
काठमाडौं । मंसिर ३ , कृशन फिल्म्सको प्रा.लि.को प्रस्तुति रहेको फिल्म ‘लोकन्ती’ मंसिर २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले फिल्मको फर्स्र्टलुक ल्याउँदै प्रदर्शन मिति घोषणा गरेको हो।

रञ्जित रानाको निर्देशनमा बनेको फिल्ममा एसराज गराच, ऋचा थापा, विमला लिम्बु, दमन रूपाखेती, कुमार न्यौपाने, विकाश अधिकारी, गोविन्द प्रभात, रमेश बुढामगर, लेखान्त भुसाललगायत कलाकारहरूको अभिनय छ। फिल्म पारिवारिक कथामा बनेको जनाइएको छ। चलचित्रका निर्माता सन्तोष न्यौपाने हुन्। संगीत निर्देशनमा विकास चौधरी, छायांकनमा रोनिश तामाङ च्याङ्बा रहेका छन्। गौतमराज खड्का फिल्मका सम्पादक हुन्।


