‘मौन’को टिजरमा आमा र छोरी
सहयात्रा टिभी
काठमाडौं । मंसिर ८, अटिजममाथि बनेको डकु-ड्रामा ‘मौन’को टिजर सार्वजनिक भएको छ । १ मिनेट १४ सेकेण्ड लामो टिजरमा आमा र छोरी देखाइएको छ ।

रामजी ज्ञवालीले यो डकुड्रामाको निर्देशन गरेका हुन् । कलाकारहरु सरोज खनाल, हिउँवाला गौतम, प्रार्थना पाठक, ओजस्वी विक्रम विष्ट, दिवस नाथलगायतले यो डकु-ड्रामामा अभिनय गरेका छन् । रामशरण पाठकले यो डकु-ड्रामाको कथा लेखेका हुन् । यसअघि जेन-जी आन्दोलनका कारण ‘मौन’को विशेष सो र च्यारिटी प्रदर्शन स्थगन गरिएको थियो ।अहिले निर्माण टोली पुन: प्रदर्शनको तयारीमा जुटेको छ ।
संकल्प भुजेलले खिचेको यो डकु-ड्रामामा भरत कँडेलको ध्वनि, राजेन्द्र मोक्तानको रंग संयोजन र नकुल खड्काको सम्पादन छ । निर्देशक ज्ञवालीका अनुसार उनले यो फिल्मलाई व्यावसायिक भन्दा पनि सामाजिक जिम्मेवारीबोधले निर्देशन गरेका हुन् ।


