सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सहयात्रा टिभी

काठमाडौं । मंसिर १९, बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५२ हजार ४०० कायम भएको छ भने चाँदीको मोल रु तीन हजार ५५५ निर्धारण भएको छ ।


बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ३०० निर्धारण भएको थियो भने एक तोला चाँदी रु तीन हजार ६२५ मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन चार हजार २४० र त्यति नै परिमाणको चाँदी ५८ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित : 5 December, 2025

प्रतिक्रिया दिनुहोस्