बेनिशामय ‘द ब्ल्यू लाइट’ काे पाेस्टर

सहयात्रा टिभी

काठमाडौं । मंसिर १९, फिल्म ‘द ब्ल्यु लाइट’ को एक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा फिल्मकी मुख्य कलाकार अभिनेत्री बेनिशा हमाल केन्द्रमा देखिएकी छन्। उनको तीन तस्बिर एकै पोस्टरमा अटाएका छन्। अन्य कलाकारमा महेश त्रिपाठी र ग्रिस्मा कटुवाल पनि छन्।

बेनिशाको प्रशन्न मुद्रा, हातमा सिगरेटसहित रेलिङमा आड लागिरहेकी र महेश त्रिपाठीसँग टेबुलमा बसेर संवाद गरिरहेझैँ देखाइएको छ। ग्रिस्मा कटुवाल रोइरहेकी छन्। निर्माण टिमले रहस्यमय तरिकाबाट फिल्मको पोस्टर सार्वजनिक गरेका छन्। यसअघि पनि टिमले बेनिशाको एकल र उनीसँगै सृष्टि श्रेष्ठ र अर्पण थापाको ‘लुक्स’ सार्वजनिक गरिसकेको छ।

फिल्म साइकोलोजिकल थ्रिलर जनरामा बनेको टिमले जनाएको छ। फिल्मका निर्देशक बलराम चौहान हुन्। यो उनको डेब्यु फिल्म हो। फिल्ममा अन्य कलाकार अर्पण थापा, आयुशमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानीबाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्माले अभिनय गरेका छन। फिल्म यही पुस १० मा प्रदर्शन गर्ने टिमको तयारी छ। फिल्म स्काइफल पिक्चर्सको प्रस्तुतीमा बनेको छ।

प्रकाशित : 5 December, 2025

प्रतिक्रिया दिनुहोस्