एनसेलले साढे ३ खर्ब रुपैयाँभन्दा बढी राजस्व बुझायो
सहयात्रा टिभी
काठमाडौं । पुस ८, निजी लगानीको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले अहिलेसम्म सरकारलाई साढे ३ खर्ब रुपैयाँभन्दा बढी राजस्व बुझाएको छ ।

एनसेलले गत आर्थिक वर्ष २०८१/८२ सम्म राज्यलाई उक्त परिमाण बराबर कर बुझाएको तथ्यांकमा देखिन्छ ।
कम्पनीले सरकारलाई बुझाएको राजस्व रकम सरकारले एक आर्थिक वर्षमा विनियोजन गर्ने पूँजीगत बजेटभन्दा माथि हो ।
सरकारले गत आव पूँजीगत बजेट ३ खर्ब ५३ अर्ब विनियोजन गरेको थियो । तथ्यांक अनुसार एनसेलले गत आवसम्म ३ खर्ब ५७ अर्ब ५९ करोड ९४ लाख रुपैयाँ कर बुझाएको तथ्यांक छ ।


