सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ७० हजार नाघ्यो

सहयात्रा टिभी

काठमाडौं । पुस १३ , नेपाली बजारमा सुनको मूल्यले दिनप्रतिदिन नयाँ इतिहास रच्ने क्रममा साताको पहिलो कारोबार दिन आइतबार पनि नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यस दिन प्रतितोला १ हजार ३ सय रुपैयाँले वृद्धि भई सुनको कारोबार मूल्य २ लाख ७० हजार ६ सय रुपैयाँ कायम भएको छ । यसअघि गत शुक्रबार पनि तोलामा १ हजार ८ सय रुपैयाँले बढ्दा सुन २ लाख ६९ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो ।

सुनसँगै चाँदीको भाउमा पनि उल्लेख्य वृद्धि देखिएको छ । आइतबार चाँदी तोलामा २ सय ७० रुपैयाँले बढेर ४ हजार ८ सय ३५ रुपैयाँ पुगेको छ, जबकि शुक्रबार यसको कारोबार मूल्य ४ हजार ५ सय ६५ रुपैयाँ रहेको थियो ।

प्रकाशित : 28 December, 2025

प्रतिक्रिया दिनुहोस्