सुनको मूल्य ह्वात्तै घट्यो, तोलाको कति ?

सहयात्रा टिभी

काठमाडौं । पुस १५ , लगातार उकालो लागिरहेको सुन तथा चाँदीको मूल्यमा मंगलबार (आज) भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ७ हजार ९ सय रुपैयाँले ह्वात्तै घटेको हो ।

महासंघले सार्वजनिक गरेको विवरण अनुसार, सोमबार प्रतितोला २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुनको मूल्य २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ । सोमबार प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा ३ सय ५ रुपैयाँले घटेर ४ हजार ५ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : 30 December, 2025

प्रतिक्रिया दिनुहोस्