गायिका निरुता राईको नयाँ गीत ‘हिमाली भेगैमा’ सार्वजनिक
सहयात्रा टिभी
काठमाडौं । पुस १६, गायिका निरुता राईले दर्शक तथा श्रोताका लागि नयाँ सांगीतिक कोसेली पस्किएकी छिन्। लामो समयदेखि सांगीतिक क्षेत्रमा संघर्ष गरिरहेकी प्रतिभाशाली गायिका राईको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘हिमाली भेगैमा’ सार्वजनिक भएको छ।

गायिका राईकै आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक यो गीतमा बसन्ती लामाका मर्मस्पर्शी शब्द र संगीतको बेजोड संगम रहेको छ भने सुन्दर लामाले यसलाई संगीत संयोजन (एरेन्ज) गरेका छन्।
गीतको भिडियो पनि उत्तिकै आकर्षक बनेको छ। विक्रम चौहानको निर्देशन र उत्कृष्ट कोरियोग्राफीमा तयार भएको भिडियोमा निरुता राई आफैं मोडलिङमा देखिएकी छिन्। भिडियोमा उनलाई कैलाश कठायतले साथ दिएका छन्। महेश महराको क्यामेराले कैद गरेको दृश्यहरू र कलाकारको अभिनयलाई दर्शकले निकै रुचाइरहेका छन्। सार्वजनिक भएसँगै गीतले राम्रो प्रतिक्रिया बटुलिरहेको छ।


