सुन चाँदीको मूल्य घट्यो

सहयात्रा टिभी

काठमाडौं । माघ ८, नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (बिहीबार) सुन तोलामा २ हजार ९०० रुपैयाँले घटेर २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन बुधबार सुन ऐतिहासिक रेकर्ड बनाउँदै २ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि ५० रुपैयाँले घटेको छ । महासंघ अनुसार आज चाँदी प्रतितोला ५ हजार ८७० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला ५ हजार ९२० रुपैयाँ कायम थियो ।

प्रकाशित : 22 January, 2026

प्रतिक्रिया दिनुहोस्