चुनावी माहोलमा देश होमिएपछि सेयर बजारमा उच्च अंकको सुधार

सहयात्रा टिभी

काठमाडौं । माघ ११, देशभरि चुनावी माहोल बढेसँगै सेयर बजारमा उत्साह आएको छ । आगामी निर्वाचनमा देश होमिएपछि सेयर बजार सूचकमा उच्च अंकको सुधार देखिएको हो ।

६ माघमा चुनावी उम्मेदवारको नाम दर्ता भएसँगै बढ्न सेयर बजार सकारात्मक हुँदै आएको छ । गत साता बुधबार ९ अंकले ‘करेक्सन’ भएको सेयर बजार सूचक अन्य कारोबार दिन बढेको थियो ।

गत साताभरि करिब ७० अंकले बढेको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक यो साता पहिलो दिन आइतबार नै साढे ५७ अंकले बढेको हो ।

आइतबार नेप्सेमा कारोबार भएका २ सय ४० कम्पनीको सेयर मूल्य बढेपछि समग्र बजार सूचक सकारात्मक भएको नेप्सेले जनाएको छ । सेन्सेटिभ इन्डेक्स समेत ८.०५ अंकले बढेको छ ।

आइतबार नेप्सेमा कारोबार भएका १९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी एक कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन । नेप्सेमा ८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यो कारोबार रकम गत साता बिहीबारको तुलनामा करिब ४ अर्बले धेरै हो । बिहीबार नेप्सेमा ९ अर्बभन्दा धेरैको सेयर कारोबार भएको थियो ।

 

प्रकाशित : 25 January, 2026

प्रतिक्रिया दिनुहोस्