स्वास्थ्य बीमासम्बन्धी समस्यास माधान गर्ने बाटोतिर प्रतिबद्ध छौं : प्रधानमन्त्री
सहयात्रा टिभी
काठमाडौं । माघ २१ , प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बीमाको स्रोत सम्बन्धी समस्या तत्काल समाधान गर्ने बाटोतिर लाग्ने प्रतिबद्धता जनाएकी छिन् ।

बुधबार सम्बन्धित पक्षसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले स्वास्थ्य बीमा कार्यक्रम विपन्न वर्गको भएकाले यसलाई विपद्कै रुपमा लिएर अर्थमन्त्रीसँग छलफल गरी समस्या समाधान गर्न ढिलाई नगर्ने प्रतिबद्धता जनाएकी हुन् । साथै, उनले सो कार्यक्रमलाई कडा नियमन गर्न जरुरी रहेको पनि बताइन् ।
गरिव वर्गलाई, अपांग, अशक्तलाई लगायतका कमजोर मानिसहरुका लागि सो कार्यक्रम भएकाले उनीहरुको हित हुनेगरी सो कार्यक्रमलाई आगामी दिनमा सरकाले अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
प्रधानमन्त्री कार्कीले सरकारले ऋण खोजेर भएपनि स्वास्थ्य बीमाका लागि आवश्यक बजेटको व्यवस्था गर्ने पनि बताएकी छिन् ।
‘यसरी लथालिंग कसैलाई व्यापार र कसैलाई अपार गरेर अनि पाउने मान्छे चाँही केही नपाउने गरेर त्यो गरेर हामीले यसलाई छाडा रुपमा चाँही राख्नु हुँदैन,’ प्रधानमन्त्रीको भनाइ छ, ‘त्यसलाई एउटा नियमपूर्वक दिनुपर्छ भन्ने मलाई लाग्दछ ।
आजको कार्यक्रम यही कुराको सुचित होस सम्भवत हामी ढिलो गर्दैनौ होला । मिटिङ गरेर, जे गरेर हुन्छ । अर्थमन्त्री बाहिर भएको हुनाले हामी बसेर छलफल गरेर यसलाई हामी सुधार्नेमा जान्छौं । जसरी पनि यो समस्या समाधान गर्नेतिर जान्छौं ।’


