भोजपुरमा माटो चिह्नका उम्मेदवार अगाडि

सहयात्रा टिभी

काठमाडौं । फागुन २४, गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ ।

भोजपुर जिल्लामा जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार श्रम संस्कृति पार्टी १ हजार ३८९ मतले अगाडि रहेको छ । सो पार्टीका ध्रुवराज राईले १२ हजार १३४ मत प्राप्त गर्दा नेकपा एमालेका शेरधन राईले १० हजार ७४५ मतका साथ पछ्याइरहेका छन् ।

यसैगरी, नेपाली कांग्रेसका बालकृष्ण थापाले ६ हजार ५९४ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेश ओझाले ५ हजार ५५ मत पाएका छन् । यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अजम्बर राई काङमाङले ४ हजार ५५८ मत पाएका छन् ।

अहिलेसम्म जिल्लाका अरुण गाउँपालिका, आमचोक गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका, रामप्रसाद राई गाउँपालिका र षडानन्द नगरपालिकाका १, २, ३ ,४, ५, ६, ७, ८ र ९ नम्बर वडाको गणना सम्पन्न भइसकेको छ ।

प्रकाशित : 8 March, 2026

प्रतिक्रिया दिनुहोस्