नेप्से परिसूचक २७९६ अंकमा झर्‍यो कारोबार पनि घट्यो

सहयात्रा टिभी

काठमाडौं । फागुन २७, बुधबार सेयर बजार ४६.७८ अंक घटेको छ । सो घटाइसँगै नेप्से परिसूचक २७९६ अंकमा झरेको छ ।

बजार खुलेको पहिलो एक घण्टा उतारचढाव देखिए पनि त्यसपछि निरन्तर ओरालोमा रह्यो ।

यसअघि सोमबार बजारमा सकारात्मक सर्किट ब्रेक लागेर बढेको नेप्से २८७५ अंकमा पुगेको थियो । त्यसयताका दुई दिनमा बजार ७९ अंक घटेको छ ।

आज ३४ कम्पनीको मूल्य बढ्दा २२५ को घट्यो भने ३ को स्थिर रह्यो । कारोबार रकम ३८ प्रतिशतले घटेको छ । अघिल्लो दिन २१ अर्ब ५० करोड रुपैयाँको कारोबार भएकोमा आज १३ अर्ब १८ करोडमा खुम्चियो ।

दुई कम्पनी साल्पा विकास बैंक र नेसनल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ । आज धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, अपी पावर र ङादी ग्रुप छन् ।

 

प्रकाशित : 11 March, 2026

प्रतिक्रिया दिनुहोस्