एकैदिन १२ हजार ५ सयले घट्यो सुनको मूल्य

सहयात्रा टिभी

काठमाडौं । चैत्र ८, नेपाली बजारमा आज पनि सुन चाँदीको मूल्य हवात्तै घटेको छ । सुन तोलामा १२ हजार ५ सय रुपैयाले घटेको छ भने चाँदी ३५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार कायम भएको छ ।

गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९४ हजार ५००मा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य चार हजार ५४० कायम भएको छ । शुक्रबार चाँदी ४ हजार ८९५ कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको चाँदी ६८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित : 22 March, 2026

प्रतिक्रिया दिनुहोस्