रोशी खोलमा फसेका पाँच वटा माइक्रो र ८९ यात्रुको मध्यरातमा सकुशल उद्धार
सहयात्रा टिभी
काठमाडौँ । बैशाख २२, अविरल वर्षाका कारण रोशी खोलाको बहाव बढ्दा खोलाको बीच भागमा फसेका ८९ जना यात्रुहरूलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन् । सोमबार साँझ परेको वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढ्दा ५ वटा ईभी हाईस फसेको प्रहरीले जनाएको छ।

उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी उपरीक्षकको कमान्डमा २५ जना, सशस्त्र प्रहरी बल नेपालबाट सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा २५ जना र नेपाली सेनाको सेनानीको कमान्डमा १८ जनाको टोली उद्धार सामग्रीसहित उद्धार गर्ने कार्य भइरहेको जनाइएको छ।
प्रहरीका अनुसार ६०/६५ जना यात्रु तथा सवारी साधन हालसम्म सुरक्षित रहेका छन्। हाल खोलामा पानीको वहाव घटिरहेको छ। प्रहरीले रोक्दारोक्दै जबर्जस्ती सवारी चलाएको कारण यस्तो घटना हुन पुगेको प्रहरीको भनाई छ।
