२०८३ साल वैशाख २८ गते सोमबारको राशिफल

सहयात्रा टिभी

काठमाडौँ । बैशाख २८ , आज २०८३ साल वैशाख २८ गते सोमबार। जेठ कृष्ण पक्षको नवमी तिथि। महिला ज्योतिष संघ स्थापना दिवस । तदनुसार सन् २०२६ मे ११ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

मेष : दिन राम्रो छ। योजना सफल बन्नेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ।

वृष : शुभ समाचार सुन्नाले मन प्रशन्न हुनेछ । स्वास्थ्यमा फाइदा हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। काम गर्दा धैर्य बन्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राज्यको महत्त्वपूर्ण निकायमा महत्त्वपूर्ण जिम्मेवारीको सम्भावना छ। परिवारमा संकट आइपर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

कर्कट : दिन सामान्य छ। साथीले असहयोग गर्ने छन्। स्वास्थ्यमा समस्या हुनेछ। शिक्षा क्षेत्रमा गरेको मिहिनेतको फल भने प्राप्त हुनेछ। आजको दिन जोगिएर काम गर्नुपर्ने देखिन्छ ।

सिंह : कला र गलाको प्रदर्शन गर्ने दिन छ। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। परिवारको साथ, सहयोग र सुझाव प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। राज्यको तर्फबाट त्रास बढ्नेछ। शान्त भएर अगाडि बढ्नुपर्नेछ। परिवारलाई समय दिन नसक्दा समस्या हुने खतरा छ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ।

तुला : बौद्धिक क्षेत्रका साथीसँग परामर्श लिनुपर्ने दिन छ। साना कुराले झन्झट आइपर्नेछन्। रोगको प्रकोप बढ्नेछ। आफन्तको साथ र सहयोग निरन्तर प्राप्त हुनेछ।

वृश्चिक : अनावश्यक खर्च बढ्ने दिन छ। सञ्चित धन खर्च हुँदा मन अशान्त बन्नेछ। शिक्षाको क्षेत्रमा भने लाभ हुनेछ। विपक्षी भनेका साथीहरुले तपाईंको प्रशंसा गर्नेछन्। धार्मिक अभियन्तासँगको भेटले मन शान्त बन्नेछ।

धनु : आम्दानीका दृष्टिकोणले दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ। स्वास्थ्यमा ख्याल गर्नु राम्रो हुनेछ। विदेशमा भन्दा स्वदेशमा रोजगारीको अवसर देखेर उत्साह बढ्नेछ।

मकर : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। धार्मिक कार्यमा सहभागी हुँदा मन शान्त बन्नेछ। राजनीतिक क्षेत्रमा भने विवाद र झगडा बढ्नेछ।

कुम्भ : आज साथीभाइसँगको भेटले मनमा खुसी मिल्नेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ। रोगसँग लड्ने क्षमता वृद्धि हुनेछ।

मीन : मनमा चिन्ता थपिनेछन्। स्वास्थ्यमा ख्याल नगर्दा संकट बढ्नेछ। शिक्षामा ढिलासुस्ती हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ।

 

प्रकाशित : 11 May, 2026

प्रतिक्रिया दिनुहोस्