नवलपरासीको तारेभिरमा बस दुर्घटना हुँदा ७ जना घाइते

सहयात्रा टिभी

काठमाडौँ । जेठ २५, पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ तारेभिरमा बस र ट्रक ठोक्किँदा ७ जना यात्रु घाइते भएका छन् ।


आज बिहान करिब ६ बजे काठमाडौँबाट भैरहवा जादै गरेको लु २ ख ६८२३ नम्बरको बसले अचानक ब्रेक फेल हुँदा अगाडि गुडिरहेको लु २ ख ९४९ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिएको थियो । ठक्करपछि बस सडकको बायाँतर्फ रहेको नालीमा गई दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा बसमा सवार ७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दाङ तुल्सीपुर २ का १८ वर्षीया अनिसा न्यौपानेको बायाँ खुट्टा भाँचिएको छ भने अन्य ६ जनाको मुख, नाक तथा निधारमा सामान्य चोट लागेको छ । सबै घाइतेको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको छ ।

 

प्रकाशित : 8 June, 2026

प्रतिक्रिया दिनुहोस्