काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटनामा ७ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । जेठ २९, बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ ।

दुर्घटनामा परी सात जनाको मृत्यु भएको काभ्रेका डीएसपी रविन बिष्टले जानकारी दिए । दुर्घटनामा परी घाइते भएका १५ जनालाई उद्धार गरी अस्पताल पठाइएको पनि उनले बताए ।

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका(२ बुच्चाकोटमा दुर्घटनामा परेको हो ।

 

 

 

 

प्रकाशित : 12 June, 2026

प्रतिक्रिया दिनुहोस्