पहिलो हाफमै अमेरिकालाई ३ गोलको अग्रता
सहयात्रा टिभी
काठमाडौँ । जेठ ३०, फिफा विश्वकप–२०२६ को चौथो खेलमा अमेरिकाले पहिलो हाफमा ३ गोलको अग्रता लिएको छ । अमेरिकाको लस एन्जल स्टेडियममा जारी खेलमा घरेलु टोलीले पाराग्वेविरुद्ध पहिलो हाफमै ३ गोल गरेको हो ।

खेलको ७ मिनेटमै आत्मघाति गोलमार्फत अमेरिकाले पहिलो अग्रता लिएको थियो । स्टन म्याकेनीले गरेको प्रहार रोक्न खोज्दा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाले हानेको बल आफ्नो गोलपोष्टमा छिरेपछि अमेरिकाले अग्रता लियो त्यसपछि ३१औं मिनेटमा फोलारिन बालोगुन गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा फोलिरिनले नै व्यक्तिगत दोस्रो गोल गर्दे अमेरिकाको अग्रतालाई तेब्बर बनाए ।
