देश १५ वर्षदेखि स्वार्थ समूहहरूको कब्जामा रहेको अर्थमन्त्रीको दाबी

सहयात्रा टिभी

काठमाडौँ । जेठ ३१, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देश विगत १०–१५ वर्षदेखि निहित स्वार्थ समूहहरूको प्रभावमा रहेको दाबी गर्दै सरकार त्यसलाई तोड्ने अभियानमा रहेको बताएका छन् ।

आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले विगतमा राजनीतिक नेतृत्वदेखि राज्यका विभिन्न अंगहरू समेत स्वार्थ समूहको कब्जामा रहेको तथ्यहरू खुलिरहेको बताए ।

उनले मुलुकको इतिहासकै सबैभन्दा ठूलो वित्तीय घोटालाको फाइल एक खर्बभन्दा बढी बिगो मागसहित प्रक्रियामा रहेको जिकिर गरे ।

उनले सरकार अहिले मुलुकको अर्थव्यवस्थामा देखिएको बेथितिलाई सफा गर्ने अभियान रहेको बताए । मुलुक कहिल्यै बन्दैन भनेर युवाहरू विदेशिनुपर्ने भाष्य चिर्नेगरी सरकार अघि बढिरहेको उनको दाबी छ ।

उनले भने, ‘विगत १०–१५ वर्ष यो देश निहित स्वार्थ समूहहरूको कब्जामा थियो । स्वार्थ समूहले देशलाई क्याप्चर गरेका थिए । पोलिटिसियनहरू उनीहरुको गोजीमा थिए । राज्यका अन्य अंगहरू समेत उनीहरूको प्रभावमा थिए । त्यसलाई हामी तोड्दैछौँ ।’

उनले अगाडि भने, ‘नेपालको इतिहासमा सबैभन्दा ठूलो फाइनान्सियल स्क्यान्डल अहिले न्यायिक प्रक्रियामा रहेको छ । १ खर्बभन्दा बढी बिगो मागेर अहिले मुद्दा चलिरहेको छ ।

यसको पछाडिको कथा तपाईंले पढ्नुभयो भने देशको राजनीतिक व्यक्ति र निकाय कसरी प्रभावित भएका थिए भन्ने कुराको डर लाग्छ । त्यसकारण हामीले अहिले यो सबै गडबडी सफा ‘क्लिन अप दि मेस’ सुरु गरेका छौँ, ताकि तपाईंहरू जस्ता युवा विदेशिन नपरोस् ।

यो देशमा केही हुँदैन, यो देश कहिल्यै बन्दैन, मैले आफ्नो सपना पूरा गर्ने हो भने विदेश जानुपर्छ भन्ने भाष्य चिर्दैछौँ । त्यसकारण तपाईंहरू आउनुहोस् र भन्नु्होस् के(के सुधार्नुपर्ने हो रु यसका लागि बजेट कुर्नुपर्दैन ।’

मुलुकमा सुशासन र आर्थिक समृद्धिको जग बसाउन पाँच वर्षको रोडम्यापसहित सरकार अघि बढिरहेको उनको भनाइ छ ।

 

प्रकाशित : 14 June, 2026

प्रतिक्रिया दिनुहोस्