विश्वकप : हाइटीविरुद्ध ब्राजिलको प्रभावशाली जित
सहयात्रा टिभी
काठमाडौँ । असार ६, विश्वकपअन्तर्गत समूह ‘सी’को दोस्रो खेलमा ब्राजिलले प्रभावशाली जित निकालेको छ।

शनिबार सम्पन्न खेलमा ब्राजिलले हाइटीलाई ३–० ले पराजित गरेको हो। योसँगै ब्राजिलले अन्तिम ३२ मा पुग्ने सम्भावना बलियो बनाएको छ।
ब्राजिलको २ खेलबाट ४ अंक छ। पहिलो खेलमा ब्राजिलले मोरक्कोसँग १–१ को बराबरी खेलेको थियो। हाइटीको भने लगातार दोस्रो हार हो।
ब्राजिलका फरवार्ड माथेउस कुन्हाले २३औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए। त्यसपछि उनले ३६औं मिनेटमा अर्को गोल थप्दै ब्राजिलको अग्रता दोब्बर बनाए।
पहिलो हाफको इन्जुरी समयमा भिनिसियस जुनियरले गोल गरेपछि ब्राजिल ३–० को आरामदायी अग्रतासहित विश्राममा गएको थियो। त्यसपछि टोलीले गोल गर्न सकेन।
