बोस्निया एन्ड हर्जगोभिना नकआउट चरणमा प्रवेश

सहयात्रा टिभी

काठमाडौँ । असार ११, बोस्निया एन्ड हर्जगोभिना फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘बी’ को तेस्रो स्थानमा रहेको बोस्निया तेस्राे स्थानकाे उत्कृष्ट ८ टोलीभित्र पर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

बोस्नियाले समूह चरणका तीन खेलमा एक खेलमा जित, एक खेलमा हार र एक खेल बराबरी खेलेको थियो । सहआयोजक क्यानडासँग हेड टु हेडमा पछि पर्दा बोस्निया उपविजेता बन्नबाट बञ्चित भएको थियो । पहिलोपटक सहभागी भएको सन् २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिए बोस्निया दोस्रोपटकमा नकआउट चरणमा पुग्न सफल भएको हो ।

प्रकाशित : 25 June, 2026

प्रतिक्रिया दिनुहोस्