कर्णाली आम्तडा सडकमा भिरबाट खसेको ढुंगा लाग्दा एकको मृत्यु

सहयात्रा टिभी

काठमाडौँ । असार ११, कर्णाली करिडोरअन्तर्गत सान्नित्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भिरबाट खसेको ढुंगा लाग्दा एक जनाको मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका अनुसार भिरबाट खसेको ढुंगा लागेर रास्कोट नगरपालिका–८ निवासी १८ वर्षीय बाबुराम टमटाको मृत्यु भएको हो ।

निजको घटनास्थलमा मृत्यु भएको हो । टमटा डोजर चलाइरहेका थिए ।

प्रकाशित : 25 June, 2026

प्रतिक्रिया दिनुहोस्