नर्वेमाथि शानदार जितसहित फ्रान्स समूह विजेता, डेम्बेलेको ह्याट्रिक
सहयात्रा टिभी
काठमाडौँ । असार १३, फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा फ्रान्सले शानदार जित निकालेको छ।

भर्खरै सम्पन्न खेलमा फ्रान्सले नर्वेलाई १–४ गोलले हराएको हो। फ्रान्सको जितमा ओस्मान डेम्बेलेले ह्याट्रिक गरे भने एक गोल डिजिरे डुएले थपे। खेलको पहिलो हाफमै डेम्बेलेले ह्याट्रिक गर्दै फ्रान्सको अग्रता बनाए। उनले ७, २० र ३२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। नर्वेका लागि २१ औं मिनेटमा थिलो आस्गार्डले एक गोल फर्काए।
यता, खेल सकिनै लाग्दा इन्जुरी समयमा डुएले गोल गर्दै फ्रान्सलाई १–४ को फराकिलो जित दिलाए। जितसँगै फ्रान्स समूह आई मा तीन खेल नै जित्दै ९ अंकसहित समूह विजेता बनेर नकआउट चरणमा स्थान बनायो। नर्वे भने ६ अंकसहित उपविजेता बन्दै नकआउटमा पुग्यो। यसै समूहको अर्को खेलमा सेनेगलले इराकलाई ५–० ले हरायो। ३ अंक जोडेको सेनेगलको पनि नकआउट चरणको सम्भावना कायमै रहेको छ।
