उज्बेकिस्तानविरुद्ध १० मिनेटभित्र २ गोल गर्दै कंगोको अग्रता
सहयात्रा टिभी
काठमाडौँ । असार १४, फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा उज्बेकिस्तानविरुद्ध कंगो डीआरले शानदार कमब्याक गरेको छ ।

१० मिनेटभित्र दुई गोल गर्दै कंगोले अग्रता कायम गरेको हो । ७८ औं मिनेटमा फिस्टन मायेलेले गोल गर्दै कंगोलाई अग्रता दिलाएका छन् । यसअघि १० मिनेटमा उज्बेकिस्तानका एल्डोर शोमुरोडोभले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।
त्यसपछि लामो समय गोल नहुँदा उज्बेकिस्तान १–० गोलअन्तरले अगाडि थियो । तर, खेलको ६८ औं मिनेटमा कंगोका योवान विसाले पेनाल्टीमार्फत गोल प्रहार गरेपछि कंगोले बराबरी गरेको थियो ।
