आइभरी कोस्टलाई हराउँदै नर्वे विश्वकपको अन्तिम १६ मा
सहयात्रा टिभी
काठमाडौँ । असार १७, फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा आइभरी कोस्टलाई पराजित गर्दै नर्वे अन्तिम १६ मा पुगेको छ ।

अमेरिकाको डालस रङ्गशालामा भएको खेलमा नर्वेले आइभरी कोस्टलाई २–१ गोलअन्तरले पराजित ग¥यो । नर्वेका लागि खेलको ३९औँ मिनेटमा एन्टोनियो नुसाले गोल गरे । खेलको ७४औँ मिनेटमा आइभरी कोस्टका लागि अमाद डियालोले गोल गर्दै खेल बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८६औँ मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै नर्वेलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै पनि गोल भएन र नर्वे अन्तिम १६ मा पुग्यो । अब अन्तिम १६ मा नर्वेले ब्राजिलको सामना गर्नेछ । अन्तिम–३२ को खेलअन्तर्गत अहिले फ्रान्स र स्विडेनबीच खेल हुँदैछ भने बिहान ६ः४५ बजे मेक्सिको र इक्वेडोर भिड्दैछन् ।
