नेपाल प्रहरीका पूर्वडीआईजी अर्जुन चन्दको निधन

सहयात्रा टिभी

काठमाडौँ । असार १७, नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआइजी) अर्जुन चन्द ठकुरीको निधन भएको छ ।

घरमै लडेर घाइते भएका चन्दको बुधबार बिहान मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । चन्द १० दिनअघि भैंसेपाटीस्थित आफ्नै निवासमा लडेर घाइते भएका थिए ।

उनको आजै पशुपतिमा अन्त्यष्टि गर्ने तयारी गरिएको छ ।

प्रकाशित : 1 July, 2026

प्रतिक्रिया दिनुहोस्