निगमले पेट्रोलको मूल्य घटाएपछि भद्रकालीको पम्पमा लामो लाइन

सहयात्रा टिभी

काठमाडौँ । असार १७, नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटायो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ, डिजेलमा ३० रूपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाएको हो ।

तर पेट्रोलियम पदार्थ विक्री गर्दै आएका निजी पेट्रोल पम्प सञ्चालकहरूले भने धेरै मूल्य घटाएको भन्दै विक्री वितरण नै बन्द गरेका छन् । काठमाडौंका निजी पेट्रोल पम्प आज बन्द छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रको पेट्रोल पम्पमा भने विक्री वितरण भइरहेको छ ।

अन्य पम्प बन्द भएपछि तीनै सुरक्षा निकायद्वारा सञ्चालित पम्पहरूमा लामो लाइन लागेको छ । काठमाडौंको भद्रकालीस्थित नेपालीको सेनाको पम्पमा अहिले पेट्रोल भर्नका लागि बाइक, स्कुटरसहित लामो लाइन लागेको छ ।

 

प्रकाशित : 1 July, 2026

प्रतिक्रिया दिनुहोस्