डोल्पा-जुम्ला सिमाना मौरे लेखमा जिप दुर्घटना

सहयात्रा टिभी

काठमाडौँ । असार २१, डोल्पा-जुम्ला सिमाना मौरे लेखमा जिप दुर्घटनामा परेको छ ।  डोल्पाको जगदुल्लामा जिप दुर्घटनामा परेको छ ।

आइतबार जगदुल्ला गाउँपालिकाबाट जुम्लातिर जाँदै गरेको जिप डोल्पा-जुम्ला सिमाना मौरे लेखमा दुर्घटनामा परेको जानकारी पाएसँगै घटनास्थलतर्फ प्रहरीको टोली गइसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

दुर्घटनाबारे जानकारी पाए पनि थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : 5 July, 2026

प्रतिक्रिया दिनुहोस्