पहिलो हाफमा इंग्ल्यान्डलाई २-१ को अग्रता
सहयात्रा टिभी
काठमाडौँ । असार २२, फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा इंग्ल्यान्डले सहआयोजक मेक्सिको विरुद्ध पहिलो हाफमा २-१ को अग्रता बनाएको छ ।

मेक्सिकोको घरेलु मेदान अज्टेका स्टेडियममा भइरहेको खेलमा पहिलो हाफमै तीन गोल हुँदा इंग्ल्यान्डले अग्रता लिएको हो । इंग्ल्यान्डका जुड बेलिङहमले दुई मिनेट अन्तरमा दुई गोल गर्दै २-० को अग्रता दिलाएका थिए । त्यसपछि मेक्सिकोका जुलियन क्विनोनेसले गोल फर्काएका हुन् ।
बेलिङहमले ३६औं मिनेटमा बुकायो साकाको क्रसमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेटपछि नै बेलिङहमले कप्ता ह्यारी केनको असिस्टमा गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे । दुई गोलले पछि परेको मेक्सिकोले पनि तत्कालै गोल फर्कायो । मेक्सिकोका जुलियन क्विनोनेसले ४२औं मिनेटमा गोल गर्दै गोल अन्तरमा कम पारेका हुन् । खराब मौसमका कारण मेक्सिको र इंग्ल्यान्डबीचको खेल एक घण्टा ढिला सुरु भएको थियो ।
