एनपीएलको तेस्रो सिजन दशैँपछि सुरु
सहयात्रा टिभी
काठमाडौँ । असार २२, नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन सुरु भएको छ ।

दी प्लाजामा सुरु अक्सनमा १५५ खेलाडीमा बोली लाग्ने र ५२ खेलाडी छनोट हुनेछन् । नेपाल क्रिकेट संघका अनुसार एनपीएलको तेस्रो सिजन दशैँपछि सुरु हुनेछ ।
हरेक टिमले मार्की सहित १४ नेपाली खेलाडी राख्नुपर्ने प्रावधान छ ।
