अमेरिका र बेल्जियमबीच खेल जारी, पहिलो हाफमा बेल्जियम २-१ ले अगाडि

सहयात्रा टिभी

काठमाडौँ । असार २३, फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भइरहेको निकै प्रतिष्पर्धात्मक खेलको पहिलो हाफमा बेल्जियमले अमेरिकाविरुद्ध २–१ को रोमाञ्चक अग्रता बनाएको छ । बेल्जियमका लागि युवा स्ट्राइकर चार्ल्स डी केटेलारेले दुई उत्कृष्ट गोल गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याएका हुन् ।

खेलको नवौँ मिनेटमा एन. रास्किनको पासलाई सदुपयोग गर्दै डी केटेलारेले गोल गरी बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि आक्रामक बनेको अमेरिकाका लागि ३१ औँ मिनेटमा एम. टिलम्यानले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

अमेरिकाको त्यो खुसी धेरै समय टिक्न पाएन । बराबरी गोल भएको दुई मिनेट बित्न नपाउँदै ३३ औँ मिनेटमा बेल्जियमले पुनः खेलमा अग्रता लियो । लियोन्द्रो ट्रोसार्डको उत्कृष्ट क्रसमा डी केटेलारेले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई २–१ को स्थितिमा पुर्‍याए ।रोमाञ्चक खेलको पहिलो हाफ सकिएको छ ।

प्रकाशित : 7 July, 2026

प्रतिक्रिया दिनुहोस्