अश्लिल हर्कत गर्ने शिक्षा अधिकृतविरुद्ध ५ दिन म्याद थप

सहयात्रा टिभी

काठमाडौँ । असार २३, ललितपुरमा बाटोमा हिँडिरहेकी युवतीलाई अश्लिल हर्कत गर्ने शिक्षा अधिकृतविरुद्ध ५ दिन म्याद थप भएको छ ।

शिक्षा अधिकृत सुरेन्द्र भट्टविरुद्ध ५ दिनको म्याद थप भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए । उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय ललितपुरबाट सार्वजनिक स्थलमा अश्लिलता प्रदर्शन गर्न नहुने कसुरमा म्याद थप भएको हो ।

रक्षा मन्त्रालयमा कार्यरत ५५ वर्षीय शिक्षा अधिकृत भट्टलाई सोमबार प्रहरीले पक्राउ गरेको थियो ।

ललितपुरको इमाडोलमा बाटोमा हिँड्दै गरेकी एक युवतीलाई उनले अश्लील हर्कत गरेका थिए । सरकारी कर्मचारी भट्टले एक्लै बाटो हिँड्दै गरेकी युवतीलाई गोप्य अंग देखाउँदै अश्लील हर्कत गरेका थिए । आइतबार साँझ साढे ६ बजेतिर पीडित युवतीले ती पुरुषको भिडियो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन् ।

त्यसपछि खोजी सुरु गरेको प्रहरीले उनलाई पक्राउ गरेको थियो । आफूमाथि अशिलल हर्कत गरेपछि ती पुरुषलाई फलो गर्दै युवतीले भिडियो खिचेकी थिइन् । त्यसपछि उक्त भिडियो सार्वजनिक गर्दै पक्राउ गर्न आग्रह गरेकी थिइन् ।

प्रकाशित : 7 July, 2026

प्रतिक्रिया दिनुहोस्