धोबीखोलामा हाम फालेकी महिला मृत अवस्थामा फेला

सहयात्रा टिभी

काठमाडौँ । असार २५, काठमाडौंको धोबीखोलामा हाम फालेकी महिला मृत अवस्थामा भेटिएकी छिन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, बल्खु कुमारी क्लबभन्दा तल खोलामा ती महिला मृत अवस्थामा फेला परेकी हुन् ।

कालोपुल र रातोपुलबीचको धोबीखोलामा एक महिलाले हामफालेकी थिइन् ।

अन्दाजी ३५ वर्ष जतिकी महिलाले खोलामा हाम फालेको प्रहरीले बताएको छ । यद्यपि उनको परिचय भने खुलिसकेको छैन । के कारणले उनले खोलामा हाम फालिन् भन्ने पनि खुलेको छैन । घटनालगत्तै प्रहरी उनको खोजीमा खटिएको थियो ।

प्रकाशित : 9 July, 2026

प्रतिक्रिया दिनुहोस्